Wednesday, December 16, 2015

१० बक्सर छानिए

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ खेलाडी छनोट मंगलबार पूरा भएको छ ।
विभिन्न १० स्पर्धामा उत्ति नै खेलाडी सागका लागि छनोट भए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चारदिने प्रतियोगितामा ५१ पुरुषले ७ स्पर्धा तथा १७ महिलाले ३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । हरेक स्पर्धामा पहिलो भएका खेलाडी छनोट भएका छन् ।
नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको महिला ४८–५१ केजीमा नेपाल आर्मी क्लब ‘ए’ की मीनु गुरुङ पहिलो भइन् । फाइनलमा मीनुले नेपाल प्रहरी क्लब ‘बी’ की दिवाना सेर्मालाई पराजित गरिन् ।
५७–६० केजीमा एपीएफ ‘ए’ की सरस्वती राना मगरले आर्मी ‘ए’ की निरु गुरुङ तथा ६९–७५ केजीमा एपीएफ क्लब ‘बी’ की संगीता सुनारले एपीएफ ‘ए’ की प्रमिला पाण्डेलाई हराउँदै पहिलो स्थान हात पारे । पुरुष ४९ केजीमा आर्मी ‘ए’ का तेजबहादुर देउवा पहिलो भए । फाइनलमा उनले बाजुराका गणेश बोहरालाई पाखा लगाए ।


No comments:

Post a Comment