Wednesday, December 16, 2015

भ्रष्टाचार नियन्त्रणमा अठोट आवश्यक: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सबैको अठोट आवश्यक रहेको बताएका छन् । उनले कानूनी व्यवस्थाको निष्ठापूर्वक गरिने कार्यान्वयनले नै कानूनी राज्यको आभाष जनतालाई दिलाउने बताए ।
‘भ्रष्टाचार नियन्त्रणका लागि आबश्यक कानूनी व्यवस्था र संरचनागत व्यवस्थाको पर्याप्तता भए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि अझै हामीले दृढ अठोटका साथ काम गर्नुपर्ने चुनौति हामी सामु रहेको छ,’ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बक्तव्य जारी गर्दै प्रधानमन्त्रीले भनेका छन् ।
प्रधानमन्त्रीले भ्रष्टाचारलाई निर्मुल पार्न भ्रष्टाचार रोकथामका निरोधात्मक, दण्डात्मक एवं प्रवद्र्धनात्मक, सवै उपायहरु अवलम्बन गर्ने बताए । उनले भने, ‘भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीतिलाई व्यवहारमा सबैले अनुभूति गर्न सक्ने गरी उतार्नु नै आजको हाम्रो प्रमुख दायित्व रहेको छ ।’



No comments:

Post a Comment